arrow

सुन तस्करी प्रकरण

महरालाई सरकारी वकिलको कार्यालयमा लगियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
mahara-arrest-goldcase.jpg

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।

सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका उनलाई काठमाडौँ ल्याएर अपरान्ह रामशाहपथस्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।  

सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा महराको संलग्नता देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । 

उनी भारत भाग्दै गर्दा पक्राउ परेका हुन् । अवैध सुन तस्करी प्रकरणमा नाम जोडिएपछि भारत भगाइन खोज्दा बाटैमा महरा पक्राउ परेका छन् । 

उनलाई पार्टीले नै भगाउन खोज्दा पक्राउ परेका हुन् । महरालाई भारतको सीमावर्ती जिल्ला कपिलवस्तुको मायादेवी १ पकडीबाट प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी प्रशासनले यहाँ उनलाई कुनै पनि बेला समात्ने भइसकेपछि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई  भारततर्फ भाग्न सहज हुने गरी काठमाडौँ छोड्न लगाएका थिए । 

कतिपयले उनी रोल्पा तिरै भूमिगत हुनै क्रममा कपिलवस्तुको बाटो हुँदै रोल्पा जान खोजेको बताए पनि उच्च स्रोतले भारततर्फ भाग्न लागेको दाबी गरेको छ । 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार बिहान नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहितलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। 

गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

ब्रेक सु र विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन तस्करीमा महराको नाम जोडिएको छ । महराका छोरा राहुल जेलमै छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ