arrow

टीसीएलले ल्यायो नेपालकै ठूलो ९८ इन्चको क्यूडी–मिनी एलईडी टीभी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
tcl-98inch.jpg

काठमाडौँ । उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्ट टेक्नोलोजीमा विश्वव्यापी अग्रणी टीसीएलले नेपालमा पहिलो पटक घरेलु मनोरञ्जनमा आफ्नो नयाँ आविष्कार ९८ इन्चको क्यूडी–मिनी एलईडी टेलिभिजन बजारमा ल्याएको छ । 

ठूलो ९८ इन्चको स्क्रनि साइजको साथ ९८ इन्चको क्यूडी–मिनी एलईडी टेलिभिजनले दृश्य उत्कृष्टताको लागि नयाँ मानक सेट गर्दछ जसले उपभोक्ताहरूलाई असाधारण रूपमा जीवन्त र इमर्सिभ दृश्य अनुभव प्रदान गर्ने दाबी गरिएको छ । 

टीसीएलको स्वामित्वमा रहेको क्वान्टम डट टेक्नोलोजीद्वारा सञ्चालित टीभीले एक अर्ब भन्दा बढी जीवन्त र सटिक रंगहरू प्रदर्शन गर्ने टीसीएलको बिक्री वितरक चौधरी ग्रुपले जनाएको छ । 

ग्रुप भन्छ, ‘डीसीआई–पी ३ मानक अनुसार ९६ इन्च सम्मको फराकिलो रङ भोल्युम प्रदान गर्दछ । चलचित्र हेर्ने, खेल खेल्ने वा स्ट्रमिङि सामग्री, प्रयोगकर्ताहरूले आफूलाई बेजोड चमक र गहिराइको साथ रंगहरूको संसारमा डुबाउन सक्छन् ।’

उक्त टीभी विशेष समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, टीसीएल इलेक्ट्रोनिक्सका प्रतिनिधि स्टेफन ली र एमली यनले संयुक्त रुपमा अनावरण गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ