arrow

महरा सुन प्रकरणमा पक्राउ परेपछि माओवादीको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
Election_logo_Maoist-750-1-750.jpg

काठमाडौँ। सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परपछि माओवादी केन्द्रको बैठक बसेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका उपाध्यक्ष नै पक्राउ परेपछि माओवादीले पदाधिकारी बैठक बसेको हो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष महरा पक्राउ बारे जानकारी दिएका थिए । 

त्यससँगै नेताहरूले आआफ्नो धारणा राखेका छन् । बैठकले थप छलफल पछि महरामाथि निर्णय गर्ने भएको छ । 

सुन प्रकरणमा जाँचबुझ आयोगले महरा तस्करीमा जोडिएको प्रतिवेदन बुझाएको छ  । सोसँगै महरा सोमबार पक्राउ परेका छन् । 

ब्रेक सु र विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन तस्करीमा महराको नाम जोडिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ