-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सुनको मूल्य स्थिर रहेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा र तेजाबी सुन तोलामा १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।