arrow

चापाकोट जंगलमा नालसहितको शिशुको जीवितै उद्दार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
Chapakot_Nagarpalika.png
तस्बिर-फाइल

पोखरा । स्याङ्जाको जंगलमा नवजात शिशु (छोरी) भेटिएको छ । बुधबार दिउँसो ३ बजे चापाकोट नगरपालिका वडा नं. ९ बाटरा सामुदायिक जंगलमा बेवारिसे अवस्थामा शिशु भेटिएको स्याङ्जा प्रहरीले जनाएको छ ।

शिशु फेला परेको भन्ने खबर प्राप्त हुने बित्तिकै खटिएको प्रहरी टोलीद्वारा शिशुलाई जीवितै उद्दार गरिएको प्रहरी नायव निरीक्षक (डीएसपी) ईन्द्रबहादुर रानाले जानकारी दिए । उनकाअनुसार शिशु नालसहितको भेटिएको हो ।

शिशुको थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज (जीएससी) पठाइएको डीएसपी रानाले जानकारी दिए ।

यसबारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ