arrow

बस र ट्रक ठोक्किँदा कयौँ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
accident-bus-truck-80-12-07.jpg

सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर चोकमा बुधबार साँझ बस र ट्रक ठोक्किएको छ। दुर्घटनामा कयौँ व्यक्ति घाइते भएका छन् । घाइतेको यकिन संख्या खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर हरिबोल केसीले घाइतेहरू विभिन्न अस्पतालमा उपचारका लागि पुगेकाले संख्या यकिन हुन बाँकी रहेको बताए।

केसीका अनुसार ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ बस्ने टंकबहादुर गोलेको अवस्था गम्भीर छ। गोलेलाई एलएस न्यूरो अस्पताल कलैया रेफर गरिएको इन्स्पेक्टर केसीले बताए।
 
उनले शुरुमा घाइतेहरूको उद्धार गरिएको र अहिले सबैतिर पुगेर विवरण लिने काम भइरहेको जानकारी दिए।
 
प्रहरीका अनुसार साँझ साढे ५ बजेतिर नवलपुरस्थित चोकमा पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख ४३३ नम्बरको ट्रक र जनकपुरबाट वीरगञ्जका लागि छुटेको बा ४ ख ३२४ नम्बरको बस आपसमा ठोक्किँएर दुर्घटनामा परेको स्थानीय सञ्चारकर्मी मुकेश झाले बताए ।

दुर्घटनामा ट्रक र बस दुवैको अगाडिपट्टीको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ