arrow

लोकप्रिय मतसहित इन्डोनेसियाको राष्ट्रपतिमा प्रबोवो सुबियान्तो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
indonesia-election-2024.jpg

इन्डोनेसिया । इन्डोनेसियाका प्रबोवो सुबियान्तो विश्वको तेस्रो सबैभन्दा ठूलो लोकतन्त्रको राष्ट्रपतिमा निर्वाचित भएको निर्वाचन आयोगले बुधबार बताएको छ । मतदानका बारेमा कानूनी उजुरी गर्ने वाचा गरेका दुई प्रतिद्वन्द्वीलाई उनले निर्णायक रूपमा हराएका हुन् ।

रक्षामन्त्री प्रबोवो र उनका उपराष्ट्रपतिका उम्मेदवार जिब्रान राकाबुमिङ राकालाई नौ करोड ६० लाखभन्दा बढी मत प्राप्त भएको निर्वाचन आयोगका अध्यक्ष हसिम अस्यारीले जानकारी दिए । उक्त मत कूल गणनाको ५८ दशमलव छ प्रतिशत हो र पहिलो चरणमा बहुमत हासिल गर्नका लागि पर्याप्त हो । 

एनिस बास्वेदनले करिब चार करोड १० लाख मत अर्थात कूल गणनाको २४ दशमलव नौ प्रतिशत प्राप्त गरे भने गञ्जर प्रणोवोलाई १६ प्रतिशत अर्थात दुई करोड ७० लाख मत प्राप्त भयो । 

प्रबोवो र जिब्रान (निवर्तमान राष्ट्रपति जोको विडोडोका जेठा छोरा) ले अनौपचारिक गणनामा बहुमत हासिल गरेको देखिएपछि गत महिना पहिला नै जीतको घोषणा गरेका थिए । 

तेस्रो प्रयासमा ७२ वर्षीय प्रबोवोले राष्ट्रपति पदमा विजयी हुने भविष्यवाणी गरिएको थियो । उनले अक्टोबरमा राष्ट्रपतिको जिम्मेबारी सम्हाल्ने छन् । आफ्नो लोकप्रिय भाषणमा राष्ट्रवादी भावना, रक्षामन्त्रीका रूपमा बलियो साख र जोकोवीको नामले लोकप्रिय विडोडोको समर्थनका कारण प्रबोवोको लोकप्रियता बढेको विशेषज्ञहरूले बताएका छन् । 

उनका प्रतिद्वन्द्वीहरू एनिस र गञ्जरले निर्वाचनका क्रममा अनियमितता र धाँधलीको आरोपका बारेमा संवैधानिक अदालतमा उजुरी गर्ने वाचा गरेका छन् । 

यद्यपि आफ्नो बहुमत र फराकिलो मतान्तरको जितका कारण चुनावी नतिजालाई सफलतापूर्वक चुनौती दिइने छैन भन्नेमा प्रबोवोको टिम विश्वस्त रहेको स्थानीय मिडियाले मङ्गलबार बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ