arrow

 सीजी ब्रान्डले शुरु गर्‍यो आईडीबी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
cg-idb.jpg

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स र घरेलु उपकरण ब्रान्ड सीजीले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि आफ्नो नवीनतम अन्तरक्रियात्मक डिजिटल बोर्ड (आईडीबी) अथवा स्मार्ट बोर्ड शुरु गरेको छ । 

अन्तरक्रियात्मक डिजिटल बोर्ड आईडीबीहरू ठूला साइजमा भएकाले कुनै कुराहरु प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ । आईडीबीलाई काम गर्न सजिलो र सबैका लागि पहुँच योग्य बनाउन सके यो सबै क्षेत्रहरूको लागि उपयुक्त वस्तु प्रमाणित हुन सक्ने सीजीले जनाएको छ ।  

सीजीले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘आईडीबीलाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ भने प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससँग अन्तरक्रिया गर्न पनि सकिन्छ । बोर्डमा फोर के रिजोल्युसन (यूएचडी), वायरलेस स्क्रिन टच, एन्ड्रोइड १३ ओएस, बिल्ट–इन क्यामेरा र माइकहरु जस्ता विभिन्न सुविधाहरूसहित ६५, ७५ र ८६ इन्चमाा उपलब्ध छन् ।’  

यो स्मार्ट बोर्ड विशेष गरी कक्षा कोठा, बोर्ड रुम, मिटिङ हल र घरमा पनि उपयोगी रहेको सीजीको जिकिर छ । जहाँ प्रयोगकर्ताहरूले दृश्यात्मक रूपमा गतिशील तरिकामा विचार–विमर्श गर्न, प्रस्तुत गर्न र सहकार्य गर्न सक्ने उसको दाबी छ । 

रिमोट लर्निङसग मिल्दो आईडीबीले माइक्रोसफ्ट टिम, गुगल मिट, स्काइप र जुम जस्ता प्रविधियुक्त कुराहरूसँग सजिलै जोडिन सक्दछ ।  
यो उत्पादन नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक आउटलेटहरूबाट प्राप्त गर्न सकिने सीजीले जनाएको छ । 

थप विवरणहरू प्राप्त गर्न ग्राहकहरूले सीजी ब्रान्डको आधिकारिक वेबसाइट र यसको आफ्नै इ–कमर्स प्लेटफर्मबाट लिन सकिने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ