arrow

धोनीले छाडे चेन्नईको कप्तानी, गायकवाडले सम्हाल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
dhoni-ipl-2021.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट टिम चेन्नई सुपर किङ्सको कप्तानी छाडेका छन् । 

आईपीएलको नयाँ संस्करण शुरु हुने एक दिनअघि धोनीले कप्तानी छाडेका हुन् । धोनीले कप्तानी छाडेसँगै कप्तानीको कमान ऋतुराज गायकवाडलाई दिइएको छ । 

चेन्नईलाई पाँच पटकको च्याम्पियन बनाउन सफल धोनीले कप्तानी छाड्ने फैसला गरेसँगै विभिन्न प्रतिक्रिया आएका छन् । 

धोनीको स्थान २७ सालका गायकवाडले लिने भएका हुन् । गायकवाड फ्रेन्चाइजीका चौथो कप्तान बनेका छन् । यसअघि धोनी, सुरेश रैना र रविन्द्र जडेजाले टिमको कप्तानी सम्हालिसकेका छन् । 

गायकवाड सन् २०१९ देखि चेन्नईसँग आबद्ध भएर खेलिरहेका छन् । उनले आईपीएलमा ५२ खेल खेलेका छन् । गायकवाड धोनीका मनपर्दा खेलाडी हुन् । सन् २०२२ लाई छाडेर गायकवाडले हरेक वर्ष चेन्नईका लागि ४० भन्दा माथिको औसतमा रन बनाएका छन् । 

आईपीएलको नयाँ संस्करण शुक्रबारदेखि शुरु हुँदैछ । पहिलो खेलमै चेन्नई र रोयल च्यालेन्जर्स बेंगलोर खेल्दैछन् । खेल राति ८ः१५ देखि शुरु हुनेछ । खेल चेन्नईको मैदानमा हुनेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ