arrow

आईपीएलको नयाँ संस्करण शुक्रबारदेखि, यस्तो हुनेछ उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
ipl-t20-2024-teams.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको नयाँ संस्करण शुक्रबारदेखि शुरु हुने भएको छ । 

१० टिम सहभागी आईपीएलको उद्घाटन खेलमा चेन्नई र रोयल च्यालेन्जर्स बेंगलोर खेल्दैछन् । खेल राति ८ः१५ देखि शुरु हुनेछ । खेल चेन्नईको मैदानमा हुनेछ । 

प्रिमियर लिगको उद्घाटन कार्यक्रम भब्य हुने भएको छ । गायकद्वय एआर रहमान र सोनु निगम तथा बलिउड अभिनेताहरु अक्षय कुमार, टाइगर श्राफले उद्घाटनमा कला प्रस्तुत गर्नेछन् । 

एक घण्टासम्म चल्ने उद्घाटन साँझ ६ः४५ देखि शुरु हुनेछ । उद्घाटनमा बलिउडका चर्चिक कलाकारहरुले यसअघि प्रस्तुति दिइसकेका छन् । शाहरुख खान, सलमान खान लगायतका अभिनेताहरुले पनि उद्घाटनलाई थप रोमाञ्चकारी बनाइसकेका छन् । 

उद्घाटन भव्य हुने पनि बताइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ