arrow

अभिनेत्री सुरक्षा पन्तबाट नयाँ सीजी चिम्नी र इमर्जेन्सी बल्ब अनावरण

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
cg-surakchaya-pant.jpg

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी ईओएल प्रालीले आफ्नो ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा काठमाडौँमा भएको एक कार्यक्रममा नयाँ सीजी चिम्नी र एलईडी बल्बको अनावरण गरेका छन् ।

उक्त कार्यक्रममा, सीजी ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरूः सीजीसीटी ९० एफएलडीसी, सीजीसीटी ९० एफएलडीसी, सीजीसीटी ७५ एफएलडीसी, सीजीसीटी ९० डीबीडीएक्स र सीजी–सीटी ७५ वाईसी आधिकारिक रूपमा अनावरण गरिएको हो । 

एचएसी फिल्टरलेस सिरिजमा ९० सेमी र ७५ सेमीमा उपलब्ध रहेको सीजीले जनाएको छ । १२५० एमथ्री पर आवरको उच्च सक्शन पावर, अटो क्लिन टेक्नोलोजी र मोशन सेन्सर, उत्कृष्ट फिचर भएको चिम्नी, रु. २६,५९० र रु. २५,७९० क्रमशः उपलब्ध रहेको सीजीले उल्लेख गरेको छ । 

सीजीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एचएसी फिल्टर श्रृंखलामा सीजीसीटी ९० डीबीडीएक्स मोडेल सीजीसीटी ९० डीबीको लोकप्रियतालाई निरन्तरता दिँदै सक्शन पावरलाई १३५० एमथ्री पर आवरमा अपग्रेड गरेर लन्च गरिएको  छ । यसका विशेषताहरूको बारेमा कुरा गर्दा, यसमा बाफल फिल्टर, अटो क्लीन टेक्नोलोजी, टेम्पर्ड ग्लास र टच–मोशन कन्ट्रोल छ । यसको मूल्य रु. २९ हजार १९० रहेको छ । तीनवटै मोडलहरू उत्कृष्ट छन् र मोटरमा ५ वर्षको वारेन्टीसहित आउँदछन् । अनावरण गरिएको चौथो मोडेल सीजी–सीटी ७५ वाईसी हो जसको मूल्य रु. २२ हजार ३९० रहेको छ । यसमा १२५० एमथ्री पर आवर, उच्च सक्शन पावर, टच र मोशन कन्ट्रोलसहितको बाफल फिल्टर र ७५ से.मी.मा उपलब्ध छ । यसको मोटरमा २ वर्षको वारेन्टी रहेको छ ।’

सुरक्षा पन्त र सीजी इलेक्ट्रिकबीचको सहकार्यले ग्राहकहरूलाई प्रेरित गर्न र विद्युतीय उपकरणहरू र नवीकरणीय ऊर्जा क्षेत्रमा ब्रान्डको स्थितिलाई बलियो बनाउन मद्दत गर्दै आएको सीजीको दाबी छ ।

सुरक्षा पन्त एक वर्षदेखि सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ