arrow

होलीका दिन काठमाडौंको चेकजाँचमा कडाइ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
traffice-holi-checking.jpg

काठमाडौं । होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । 

काठमाडौं उपत्यकामा आज (आइतबार) बिहानैदेखि होली मनाउन शुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । 

होली पर्वको अवसरमा मानिसहरू उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । 

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । 

नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न आग्रह गरेको छ । साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ । 

होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० बढी स्थानमा चेक जाँच गन प्रहरी खटाएको छ । होली खेल्ने साथै सार्वजनिक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ