arrow

एमालेका उम्मेदवार सुहाङ, झलनाथको दौडधूप व्यर्थ, के गर्छ रास्वपा ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
uml-sachibalaya-12-11.jpg

काठमाडौँ । नेकपा एमालेले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो । 

जसअनुसार इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सुहाङ स्वर्गीय संविधान सभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङका छोरा हुन् । 

गत भदौमा नेम्वाङको निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको थियो । त्यसलगत्तै सुहाङले इलाम २ मा गएर आफूले बाबुले पूरा गर्न नसकेका सपना पूरा गर्ने बताएका थिए । 

त्यसलगत्तै उनको नाममा माहोल बनेको थियो । त्यतिमात्र होइन सांसद कसैको निधन भयो भने स्वतः परिवारका सदस्यले टिकट पाउँदै आएको नजिर पनि छ । 

६ जनाले इच्छा देखाएर नाम सिफारिस भएकामा सुहाङकै नाम सर्वसम्मत भएको हो । 

योसँगै नयाँ सत्तागठबन्धनबाट आफू उम्मेदवार हुन पाइन्छ कि भनेर च्याँखे दाउ थापेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको चर्चा पनि टुंगिएको छ । यसबाट उनको दौडधूप व्यर्थ भएको छ । 

यता नयाँ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्छ भन्ने पनि छ । हुनत रास्वपाका नेताहरु उम्मेदवार खडा गर्ने भनिरहेका छन् । तर रास्वपा सभापति रवि लामिछानेको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकै नै राम्रो कुम मिलेकाले आफ्ना आकांक्षीलाई पछाडि बस्न आग्रह गर्न सक्ने पनि बुझिन्छ । 

सुस्त रहेको नेपाली कांग्रेसले भने अहिलेसम्म उम्मेदवारको तय गरेको छैन । आधा दर्जन आकांक्षी रहेका छन् । 

एमालेले बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 
आगामी बैशाख १५ गते उप निर्वाचन हुदैँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ