arrow

आईपीएलमा राजस्थानको विजयी शुरुआत, लखनउ पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
ipl-2024-rajasthan-lakhnau.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको चौथोे खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले जयपुरमा भएको खेलमा लखनउ सुपर जाइन्टसलाई २० रनले पराजित गरेको हो । 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले ४ विकेटको क्षतिमा १९३ रन बनायो । कप्तान सन्जु सामसनले ५२ बलमा अविजित रहँदै ८२ रन बनाए । यो उनको जारी सिजनको सर्वाधिक स्कोर हो । 

त्यस्तै रायन परागले २९ बलमा ४३ रन जोडे । ध्रुव जुरेलले १२ बलमा अविजित रहँदै २० रन बनाए । 

नवीन उल हकले सर्वाधिक २ विकेट लिए । 

जवाफमा लखनउले ६ विकेटको क्षतिमा १७३ रनमात्र बनाउन सक्यो । निकोलस पुरनले ४१ बलमा अविजित रहँदै ६४ तथा कप्तान केएल राहुलले ४४ बलमा ५८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

ट्रेन्ट बोल्टले २ विकेट लिए । 

आइतबारको दोस्रो खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटान्ससँग खेलिरहेको छ । पाँच पटकको च्याम्पियन मुम्बईले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । 

यो खेलसँगै पहिलो चरणको खेल सकिँदैछ । मुम्बईबाट दश वर्षमा पहिलो पटक रोहित शर्मा मुम्बई इन्डियन्सबाट बिना कप्तानी खेलेका छन् । हार्दिक पाण्डेयाले कप्तानी सम्हालेका छन् । 

यसअघिका खेल–
पहिलो खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई ६ विकेटले हरायो । 

दोस्रो खेलमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले हरायो । 

तेस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हासिल गर्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ