arrow

कुलमणि बने एमाले सुर्खेतको अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
uml-flag.png

सुर्खेत । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । 

नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।  

यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप-सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ । 

यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएको छ । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ