arrow

यही हप्ताभित्र नयाँ समीकरण अनुसारको प्रदेश सरकार बन्ने [भिडियो]

एमाले समाजवादी मोर्चामा नजाने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
shankar-pokhrel-12-18.jpg

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरण अनुसारको सरकार बन्ने बताएका छन् । 

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वाभाविक रूपमा प्रदेशमा पनि सरकारहरू बन्ने प्रक्रिया शुरु हुने बताए । 

उनले सत्तामा रहेका पाँच राजनीतिक दलहरूले एकताबद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरूमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने सम्भावना रहेको बताए । 

उनले सत्तामा सहभागी दलहरुबीच छलफल गरी यसै हप्तामा प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गत बनाउने काम पूरा गर्ने बताए ।

उनले भने, ‘केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वाभाविक रूपमा प्रदेशमा पनि सरकारहरू बन्ने प्रक्रिया शुरु हुन्छ । सत्तामा रहेका पाँच राजनीतिक दलहरूले एकताबद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरूमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने सम्भावना रहेको छ । त्यो हिसाबले पनि हामीले प्रयासहरू गरिरहेका छाँै । प्रमुख दलहरुबीच छलफल गरिकन दुई चार दिनभित्र हामी प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गतको सरकार बदल्ने काम प्रक्रियाहरू पूरा गर्छौँ । बागमती प्रदेशमा पनि यही समीकरणअन्तर्गत प्रदेश सरकार पुनः गठन हुनेछ ।’

महासचिव पोखरेलले नेकपा एमाले समाजवादी मोर्चामा नजाने पनि स्पष्ट पारे । उनले नेकपा एमालेको मिसन मोर्चा बनाउनेतर्फ नभई राजनीतिक ध्रुवीकरण र बलियो राष्ट्रिय शक्ति निर्माणको रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ