arrow

एमाले उपाध्यक्ष पनि चीनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
bishnu-poudel-uml.jpg

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि चीन पुगेका छन् । 

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल त्यहाँ पुगेका हुन् । 

उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्ने जनाइएको छ । 

यसअघि माओवादीका उपाध्यक्ष तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ पनि चीन पुगेका छन् । 

उनी चिनियाँ कूटनीतिज्ञ वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा पुगेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ