arrow

फेरि घट्यो नेप्से, दोहोरो अंकको गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । मंगलबार आशा देखिएको नेप्से परिसूचक फेरि पुरानै गतिमा घट्दो क्रममा पुगेको छ । लगातार चार दिन ओरालो लागेको नेप्से मंगलबार दोहोरो अंकले बढेर खुशीयाली दिलाएको भए पनि त्यो २४ घण्टा पनि टिक्न सकेन । बुधबार दोहोरो अंकको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घटेर दुई हजार ३० दशमलव ८६ को विन्दुमा कायम भएको हो ।

बुधबार तीन सय १० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर ४४ हजार दुई सय ४९ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार पाँच सय ३४ बराबरको कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ७२ र व्यापार समूह एक दशमलव ६० प्रतिशतले घटेको छ ।

बुधबारको कारोबारमा सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ६६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा बुधबार सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू नौ करोड ७२ लाख २२ हजार तीन सय २० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३० हजार एक सय ८२ बराबरको कारोबार भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ