भारत लैजाँदै गर्दा सशस्त्रले नियन्त्रणमा लियो १५ किलो गाँजा
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
957
Shares
सुनसरी । सशस्त्र प्रहरीको टोलीले सुनसरी बर्जु गाउँपालिका ३ खरी सीमा इलाकाबाट १५ किलो गाँजा नियन्त्रणमा लिएको छ ।
मंगलबार राति १० बजेर १० मिनेटमा नेपालबाट मकै बारीको बाटो हुँदै एक जनाले टाउकोमा बोकी भारततर्फ लैजाँदै गरेको १५ केजी गाँजा सप्रबल, नेपाल बीओपी अमडुवाबाट सप्रनि निरज थापाको कमाण्डमा खटिएको सात जनाको मोबाइल गस्ती टोलीले गाँजा नियन्त्रणमा लिएको हो ।
उक्त व्यक्ति गाँजा छाडी फरार भएकोले उक्त गाँजा बरामद गरी बुधबार बिहान प्रहरी चौकी अमडुवामा बुझाएको सशस्त्रले जनाएको छ ।