arrow

मुम्बई र हैदराबादको खेलमा कीर्तिमानको वर्षा, यस्तो छ अहिलेसम्मको रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
ipl-2024-hardik-pat.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबार राति सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच रोमाञ्चक खेल भएको थियो । हाइ भोल्टेज यस खेलमा हार्दिक पाण्ड्याको मुम्बई ३१ रनले पराजित भएको थियो ।

यस खेलमा धेरै कीर्तिमान बनेका छन् । प्याट कमिन्सको नेतृत्वमा रहेको टोलीले आईपीएलको इतिहासमा सर्वाधिक रन बनाएको थियो । टोलीले २० ओभरमा तीन विकेट गुमाएर २७७ रन बनाएको थियो । सनराइजर्सले रोयल च्यालेन्जर्स बैंगलोरको ११ वर्ष पुरानो कीर्तिमान तोडेको छ । यो लक्ष्य पछ्याउन मुम्बई इन्डियन्स असफल भयो । पाण्ड्याको कप्तानीमा टोलीले २० ओभरमा ५ विकेट गुमाएर २४६ रन बनाएको थियो ।

आईपीएलमा टिमको सर्वाधिक स्कोरको रेकर्ड
२७७/३ - सनराइजर्स हैदराबाद विरुद्ध मुम्बई इन्डियन्स, हैदराबाद, २०२४
२६३/५ - रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध पुणे वारियर्स, बेंगलुरु, २०१३
२५७/५ - लखनऊ सुपर जायन्ट्स विरुद्ध पञ्जाब किंग्स, मोहाली, २०२३
२४८/३ - रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध गुजरात लायन्स, बेंगलुरु, २०१६
२४६/५ ​​- चेन्नई सुपर किंग्स विरुद्ध राजस्थान रोयल्स, चेन्नई, २०१० 
२४६/५ - मुम्बई इन्डियन्स विरुद्ध सनराइजर्स हैदरावाद, हैदरावाद, २०२४

आईपीएल २०२४ अन्तर्गत खेलिएको यो खेलमा चौका र छक्काको वर्षा भएको थियो । दुवै इनिङ्समा कुल ६९ चौका प्रहार गरिएको थियो । यसअघि चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीचको खेलमा पनि सोही संख्यामा बाउन्ड्री प्रहार भएको थियो । यो खेल सन् २०१० मा चेन्नईमा खेलिएको थियो ।

आईपीएल खेलमा सबैभन्दा धेरै चौका 
६९ - चेन्नई सुपर किंग्स विरुद्ध राजस्थान रोयल्स, चेन्नई, २०१०
६९ - सनराइजर्स हैदराबाद विरुद्ध मुम्बई इन्डियन्स, हैदरावाद, २०२४
६७ - पञ्जाब किंग्स विरुद्ध लखनऊ सुपर जायन्ट्स, लखनऊ, २०२३
६७ - पञ्जाब किंग्स विरुद्ध कोलकाता नाइट राइडर्स, इन्दोर, २०१८ 
६५ - डेक्कन चार्जर्स विरुद्ध राजस्थान रोयल्स, हैदराबाद, २००८

सनराइजर्स हैदरावाद विरुद्ध मुम्बई इन्डियन्सको खेलमा हार्दिक पाण्ड्याको टोलीले हार बेहोरे पनि हैदरावादको तुलनामा एक इनिङ्समा बढी छक्का प्रहार गर्ने कीर्तिमान बनाएको थियो । वास्तवमा हैदराबादको इनिङ्समा कुल १८ छक्का प्रहार भएको थियो भने मुम्बईका ब्याट्सम्यानले २० छक्का प्रहार गरेका थिए ।

यसमा रोयल च्यालेन्जर्स बैंगलोरको नाम शीर्षमा छ, जसले सन् २०१३ मा पुणे वारियर्सविरुद्ध २१ छक्का प्रहार गरेको थियो ।

आईपीएलमा टिमको इनिङ्समा सबैभन्दा धेरै छक्का

२१ - रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध पुणे वारियर्स, बेंगलुरु, २०१३
२० - रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध गुजरात लायन्स, बेंगलुरु, २०१६
२० - दिल्ली क्यापिटल्स विरुद्ध गुजरात लायन्स, दिल्ली, २०१७
२० - मुम्बई इन्डियन्स विरुद्ध सनराइजर्स हैदरावाद, हैदरावाद, २०२४
१८ - रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध पञ्जाब किंग्स, बेंगलुरु, २०१५
१८ - राजस्थान रोयल्स विरुद्ध पञ्जाब किंग्स, शारजाह, २०२०
१८ - चेन्नई सुपर किंग्स विरुद्ध कोलकाता नाइट राइडर्स, कोलकाता, २०२३
१८ - सनराइजर्स हैदराबाद विरुद्ध मुम्बई इन्डियन्स, हैदराबाद, २०२४

सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेलमा दुवै टोलीले आ–आफ्नो इनिङ्समा छक्का प्रहार गरेका थिए । यो खेलमा ३८ छक्का प्रहार गरिएको थियो, जुन आईपीएलको इतिहासमा सर्वाधिक हो । यसअघि २०१८ मा आरसीबी र सीएसकेबीच भएको खेलमा ३३ छक्का प्रहार भएको थियो। यो खेल बैंगलोरमा भएको थियो ।

आईपीएल खेलमा सर्वाधिक छक्का
३८ - सनराइजर्स हैदराबाद विरुद्ध मुम्बई इन्डियन्स, हैदरावाद, २०२४
३३ - रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध चेन्नई सुपर किंग्स, बेंगलुरु, २०१८
३३ - राजस्थान रोयल्स विरुद्ध चेन्नई सुपर किंग्स, शारजाह, २०२०
३३ - राजस्थान रोयल्स विरुद्ध चेन्नई सुपर किंग्स, बेंगलुरु, २०२३

पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले २० ओभरमा २७७ रन बनाएको थियो । जवाफमा मुम्बईले २० ओभरमा २४६ रन बनाएको थियो । आईपीएलको आठौं खेलमा दुवै इनिङ्समा अधिकतम रन बनाएका थिए । दुवै इनिङ्सको रन जोडिएमा ५२३ रन बन्यो । यसअघि चेन्नई र राजस्थान रोयल्सबीचको खेलमा ४६९ रन बनेको थियो । यो खेल सन् २०१० मा चेन्नईमा खेलिएको थियो ।

आईपीएलको एक खेलमा सबैभन्दा बढी योगफल

५२३ - सनराइजर्स हैदराबाद विरुद्ध मुम्बई इन्डियन्स, हैदरावाद, २०२४
४६९- चेन्नई सुपर किंग्स विरुद्ध राजस्थान रोयल्स, चेन्नई, २०१० 
४५९ - पञ्जाब किंग्स विरुद्ध कोलकाता नाइट राइडर्स, इन्दोर, २०१८
४५८ - पञ्जाब किंग्स बनाम लखनऊ सुपर जायन्ट्स, मोहाली, २०२३
४५३- मुम्बई इन्डियन्स विरुद्ध पञ्जाब किंग्स, मुम्बई, २०१७ 

यस खेलमा हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको टोलीले हार बेहोरे पनि आइपिएलको दोस्रो इनिङ्समा सर्वाधिक रनको कीर्तिमान टोलीको नाममा दर्ता भएको छ । २७८ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले दोस्रो इनिङ्समा हैदरावादविरुद्ध पाँच विकेट गुमाएर २४६ रन बनायो।

आईपीएलमा दोस्रो इनिङ्समा सर्वाधिक स्कोर

२४६/५ - मुम्बई इन्डियन्स विरुद्ध सनराइजर्स हैदराबाद, हैदरावाद, २०२४ (हार)
२२६/६ - राजस्थान रोयल्स विरुद्ध पञ्जाब किंग्स, शारजाह, २०२० (जित)
२२३/५- राजस्थान रोयल्स विरुद्ध चेन्नई सुपर किंग्स, चेन्नई, २०१० (हार)
२२३/५ - मुम्बई इन्डियन्स विरुद्ध पञ्जाब किंग्स, मुम्बई, २०१७ (हार)
२१९/६ - मुम्बई इन्डियन्स विरुद्ध चेन्नई सुपर किंग्स, दिल्ली, २०२१ (जित)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ