आयरल्याण्ड एसँग नेपाल एको फितलो बलिङ, २२३ रनको चुनौती पछ्याउँदै
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
491
Shares
काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए (वोल्भ्स) बीचको टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालले फितलो बलिङ गरेको छ ।
कीर्तिपुर मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै फितलो प्रदर्शन गरेको हो ।
आयरल्याण्डले शानदार ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २२२ रन बनायो । पिटर मूरले ३२ बलमा ४९, कप्तान निल रकले २३ बलमा ३८, काड कार्मिचलले २९ बलमा ३८, स्टेफेन डाहेन्रीले १६ बलमा ३४, ग्यारेथ डेलानीले १४ बलमा अविजित रहँदै ३० तथा जाभिन होयेले ६ बलमा अविजित रहँदै १८ रन बनाए ।
नेपालका लागि कमल ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले १–१ विकेट लिए ।
बिहीबार वर्षाका कारण हुन नसकेको खेल आज भएको हो । जवाफमा नेपालमा मैदानमा उत्रिएको छ ।
क्यानका अनुसार हिजो र आज गरी दुई खेल हुनुपर्ने भए पनि अब भने नयाँ तालिकाअनुसार आज, भोलि र सोमबार तीन खेल हुनेछ ।
तर आज पनि मौसम अनुकूल नभएकाले खेल पूरा हुनेमा शंका छ ।
नयाँ तालिकाअनुसार चैत २१, २३ र २५ गते एक दिवसीय पनि हुनेछ ।