arrow

साताको शेयर बजार

रेन्डम वाकमा शेयर बजार

logo
शंकर अर्याल,
प्रकाशित २०८० चैत १७ शनिबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । रक्सीले मातिएको मान्छे बाटोमा कसरी हिँड्छ ? कहिले ऊ एउटा कुनामा पुग्छ त कहिले अर्को । यसको अर्थ उसको कुनै गन्तव्य हुँदैन । बाटोको एउटा छेउँबाट अर्को छेउँमा किन र कसरी पुग्छ भन्ने कुनै अनुमान गर्न पनि सकिँदैन । 

व्यापार चक्र र पूँजी बजारको व्याख्याका लागि निर्मित यो सिद्धान्तलाई ‘रेन्डम वाक थ्यौरी’ भनिन्छ । बजारमा यो साता यही सिद्धान्त लागू भएको देखिन्छ । 

यो साता शेयर बजारमा ४ दिन कारोबार भयो । सो अवधिमा शेयर बजार १३ अंकले घटेर २०३५.६४ अंकमा झरेको छ । अघिल्लो बिहीबार बजार २०४८.५७ अंकमा अडिएको थियो । मूलतः नकारात्मक दिशामा रहेको बजारमा ९ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

यो अवधिमा बजारमा नीतिगत रुपमा प्रभाव पार्ने कुनै कार्य भएका छैनन् । बजारलाई मुख्य प्रभाव पार्ने तरलताको अवस्था, शेयर धितोमा आधारित कर्जासम्बन्धी व्यवस्थालगायत स्थिर छन् । त्यसैले यो अवधिमा बजार मूल्यको वृद्धि तथा गिरावटको सामान्य मनोविज्ञानिक आधारमामात्र चलेको देखिन्छ । 

बरु तथा पूँजी बजार सुधारका लागि प्रस्तावित विषयहरुमा प्रगति नहुँदा यसको केही प्रभाव शेयर बजार परेको हुनसक्ने विश्लेषकहरु बताउँछन् । 

शेयर बजारमा सर्वोत्तमको १५.५ अंक योगदान
यो साता शेयर बजारमा सर्वोत्तम सिमेन्टको शेयर कारोबार बढी चर्चामा रह्यो । अघिल्लो साता मंगलबारदेखि सुरु भएको उक्त शेयरको कारोबार लगातार सातौँ दिनसम्म सकारात्मक सर्किटको मूल्यमा बढ्दै आएको छ । 

५५६ रुपैयाँमा कारोबार सुरु भएको उक्त कम्पनीको शेयर अहिले १०८२.० रुपैयाँमा पुगेको छ । यो वृद्धिसँगै उक्त कम्पनीको बजार पूँजीकरण ५० अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । 

शुरुको कारोबारको तुलनामा यो २४ अर्ब ४९ करोड रुपैयाँ बराबरको वृद्धि हो । यो कम्पनीले मात्रै समग्र शेयर बजारमा अहिलेसम्म १५.५ अंकको योगदान दिएको देखिन्छ । 

यो साता बजारमा के के भयो ? 
यो साता बजारमा ग्रीन डेभलपमेन्ट बैंकको शेयर स्वामित्व परिवर्तन भई साधारण शेयरको हिस्सा ४९ प्रतिशत पुर्याइएको छ । तारागाउँ रिजेन्सी (हायात) होटलको ५ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ भने डिप्रोक्स लुघवित्तको १० प्रतिशत तथा मैलुङ खोलाको २.२२११ प्रतिशत बोनसका लागि शेयरमूल्य समायोजन भएका छन् । 

अहिले तीन महिनादेखि प्राथमिक शेयरको स्वीकृति रोकिएर बसेका छन् । आगामी सातादेखि यी आईपीओहरु स्वीकृति गर्ने तयारी गरिएको छ । पहिलो चरणमा रिलायन्स स्पिनिङ मिलको आईपीओ स्वीकृतिको तयारी गरिएको छ । यो कम्पनीको आईपीओमा आवेदन दिन प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा मूल्य तोकिएको छ । 

५० कित्ता आईपीओका लागि आवेदन दिन ४१ हजार ४० रुपैयाँ होल्ड गर्नुपर्ने देखिन्छ । यो रकम जुटाउन बजारमा आगामी दिनमा बिक्रीको चाप थप बढ्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ