arrow

बैंगलुरूमाथि कोलकोताको शानदार जित, कोहलीको ८६ रन गयो खेर

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १७ शनिबार
ipl-2024-rcb-kkr.jpg

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरूलाई ७ विकेटले पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा बैंगलुरूले दिएको १८३ रनको लक्ष्य कोलकोताले १६.५ ओभरमा ३ विकेट गुमाउदै पूरा गरेको थियो ।

कोलकोताको जितमा सुनिल नाराइनले आक्रामक ४७ र वैंकटेस अय्यरले अर्धशतक बनाएका थिए ।  त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित ३९ रन बनाए भने फिल साल्टले ३० रन बनाएका थिए ।

त्यसैगरी यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंगलुरूले विराट कोहलीको ८३ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।

यो जितपछि कोलकोताले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै बैंगलुरूले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।

आजको खेल
आज एउटामात्र खेल हुँदैछ । लखनउ सुपर जाइन्टस् र पञ्जाब किंग्स भिड्दै छन् । खेल बेलुकी ७ः४५ देखि लखनउको घरेलु मैदानमा हुँदैछ । 

अंक तालिका 
अंक तालिकामा चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले समान २ खेलबाट ४ अंकसहित क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् । 

सनराइजर्स हैदराबाद, पञ्जाब किंग्स, बैंगलुरू र गुजरात टाइटान्सले समान २ अंक पाएका छन् भने दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र लखनउ अंकविहीन छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ