arrow

आयरल्याण्डसँग नेपालको लगातार दोस्रो हार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १७ शनिबार
nepalA-irelandA-2024-03-30a.jpg

काठमाडौँ । आयरल्याण्ड ए (वोल्भ्स) ले नेपाल ए विरुद्धको टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा पनि पराजय भोगेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा ४० रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड एले ३ खेलको श्रृंखला २–० ले जितेको हो ।

आयरल्याण्डले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ए ले १७.५ ओभरमा अलआउट हुँदै १८४ रन बनाएको थियो । नेपालका लागि सर्वाधिक रन देव खनालले बनाए । 

देव २५ बलमा ४७ रन बनाएर आउट भए । त्यस्तै बसिर अहमदले २७ रन बनाए भने कप्तान विनोद भण्डारीले २६, लोकेश बमले २५, आरिफ सेखले १४, पवन सराफले १० रन बनाए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर बेन ह्वाइटले ३ विकेट लिए भने फिओन हान्ड र थोमस मायेसले २(२ तथा माथ्यु फोस्टर र ग्यारेथ डेलानीले एक एक विकेट लिए ।   

यस अघि टस हारेर पहिला ब्याटिङग गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनायो । 

कप्तान निल रकले सर्वाधिक ७१ रन बनाएका थिए भने पिटर मूरले ६५ रन बनाएका थिए । त्यसैगरी जेम्स म्याकोलमले २६, फिओन हान्डले १९, रोज अदैरले १७ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सागर ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र पवन सराफले एक एक विकेट लिएका थिए । यसअघि शुक्रबार सम्पन्न खेलमा आयरल्याण्ड एले नेपाल ए लाई २१ रनले पराजित गरको थियो । 

योसँगै आयरल्याण्डले तीन खेलको श्रृंखलामा २–० को अग्रता हासिल गर्दै श्रृंखला जितेको छ । अन्तिम खेल सोमबार हुने छ ।

त्यसपछि तीन वटा खेलको एक दिवसीय श्रृंखला हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ