arrow

नेपाल गुजरातसँग भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
nepal-cheers-2024-02-17.jpg

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेपाल र भारतीय क्लव गुजरातबीच प्रतिष्पर्धा हुँदैछ । 

खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा हुनेछ । 

नेपाल, गुजरात र बरोडाबीच हुने त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ । 

नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेल्दैछ । 

नेपालले दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । 

चैत २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । 

फाइनल चैत २५ हुनेछ । शिर्ष दुई टोलीले फाइनल खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ