arrow

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
congress-party-office-2081.jpg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी मंगलबार बस्ने भएको छ । बैठक मंगलबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने कांग्रेसले जनाएको छ । 

कांग्रेसले बैठकमा अजेन्डाको बारेमा केही बताएको नभए पनि समसामयिक विषयसँगै इलाम २ र बझाङमा उपनिर्वाचनका लागि उम्मेदवार तय हुने जनाइएको छ ।  

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत पार्टीले गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ