arrow

एसएमएस च्याम्पियनशिप कप २०२४

गुजरातविरुद्ध नेपालको गतिलो बलिङ, ९८ रनमा रोक्न सफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
sms-friendship-cup-2024.jpg

काठमाडौँ । भारतमा भइरहेको एसएमएस च्याम्पियनशिप कप २०२४ टी–२० क्रिकेट श्रृंखलामा नेपालले गुजरातसँग खेलिरहेको छ । नेपालले टस जितेर पहिले बलिङ गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ । 

नेपालले गुजरातलाई ९८ रनमै रोकेको छ । गुजरात १८.२ ओभरमा अलआउट हुँदै ९८ रनमा रोकियो । रुद्र पटेलले सर्वाधिक २३ रन बनाए । 

मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा भइरहेको खेलमा नेपालका लागि गुल्सन झाले ४, किरण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिए । नेपालले निकै अनुशासित बलिङ गर्ने क्रममा मात्र २ रन अतिरिक्त दिएको थियो ।

नेपाली राष्ट्रिय टिम, गुजरात र बरोडाबीच त्रिकोणात्मक श्रृंखला भइरहेको हो । दोहोरो राउन्ड रबिनको आधारमा भइरहेको प्रतियोगिताका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । 

नेपालले दोस्रो खेल चैत २० मा बरोडासँग, चैत २१ मा गुजरातसँग खेल्नेछ । त्यस्तै श्रृंखलाको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ गते हुनेछ । 

नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप यो श्रृंखला खेलिरहेको हो । 

नेपालले आगामी जुनमा अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा हुने विश्वकप टी–२० तयारीका लागि भारतीय स्थानीय टिमहरुसँग यो च्याम्पियनशिप खेलिरहेको हो । 

नेपालले पहिलो पटक भारतसँग एसिया कप खेलेसँगै नेपाली टिमको उत्साह देखेसँगै भारतले नेपाली क्रिकेटलाई सघाउने वचन दिएको थियो । सो अनुसार पहिलो पटक नेपालले भारतमा अभ्यास गर्न पाएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ