arrow

दिल्लीले चेन्नईमाथि देखायो दम, मुम्बई राजस्थानबीचको खेलबाट अंक तालिका फेरबदल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
ipl-2024-delhi-chennai.jpg

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको हो ।

दिल्ली क्यापिटल्सले दिएको १९२ रनको लक्ष्य चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै १७१ रनमात्र बनाएको थियो ।

चेन्नईका लागि आजिन्क्या रहानेले सर्वाधिक ४५ तथा महेन्द्र सिंह धोनीले १६ बलमा अविजित रहँदै ३७ रन बनाएका थिए । त्यसैगरी डयार्ल मिचेलले ३४, रविन्द्र जेडेजाले अविजित २१ रन बनाएका थिए ।

त्यसैगरी दिल्लीका बलर मुकेश कुमारले सर्वाधिक ३ विकेट लिए भने प्लेयर अफ द म्याच खलिल अहमदले २ तथा अक्षर पटेलले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । दिल्लीका लागि डेभिड वार्नरले ५२ र कप्तान ऋषभ पन्तले ५१ रन बनाएका थिए । त्यस्तै पृथ्वी शाहले ४३ र मिचेल मार्शले १८ रन बनाएका थिए ।

यो यस सिजनमा दिल्ली क्यापिटल्सको तेस्रो खेलमा पहिलो जित हो । दिल्लीले यस सिजनका शुरुआती दुवै खेलमा हार बेहोरेको थियो । त्यस्तै शुरुका दुवै खेल जितेर शानदार जित हासिल गरेको चेन्नईले भने तेस्रो खेलमा हार बेहोरेको छ ।

यसअघि आइतबारै भएको खेलमा गुजरात टाइटान्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो । 

आजको खेल 
आज एउटामात्र खेल हुनेछ । आजको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्ससँग खेल्दैछ । यो खेलपछि अंक तालिकामा फेरबदल हुनेछ । राजस्थान एकमात्र अपराजित टिम हो भने मुम्बई एकमात्र अंकविहीन टिम हो । 

राजस्थानले अहिलेसम्मका दुवै खेल जितेको छ भने मुम्बईले दुवै खेल हारेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ