arrow

प्यालेस्टाइनको नयाँ सरकारद्वारा शपथ ग्रहण

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
gaja-palestine-attack.jpg

काठमाडौँ । प्रधानमन्त्री मोहम्मद मुस्तफाको नेतृत्वमा रहेको प्यालेस्टाइनी नयाँ सरकारले आइतबार वेस्ट बैंकको रामल्लाहमा शपथ ग्रहण गरेको छ । नयाँ सरकारमा गाजा पट्टीका ६ जना मन्त्रीहरू सहित २३ मन्त्री स्तरीय पोर्टफोलियोहरू छन् । 

मुस्तफाले दिग्गज कूटनीतिज्ञ रियाद अल मलिकीबाट विदेशमन्त्रीको पद पनि सम्हाल्नेछन् । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासको अगाडि शपथ ग्रहण समारोहमा मुस्तफाले आफ्नो नयाँ सरकारले सबै प्यालेस्टाइनीहरूको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले सरकारको राजनीतिक सन्दर्भ प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन र यसको राजनीतिक कार्यक्रम तथा अन्तर्राष्ट्रिय प्रतिविद्धतामा जोड दिने बताए । 

समारोहपछि नयाँ सरकारसँगको बैठकमा अब्बासले गाजामा जारी द्वन्द्व रोक्न अरब र अन्तर्राष्ट्रिय पक्षहरूसँग समन्वय गरेर काम भइरहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ