arrow

आयरल्याण्डविरुद्ध नेपालको तेस्रो खेलमा पनि कमजोर प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
nepa-irea-2024.jpg

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए (वोल्भ्स) बीचको टी–२० श्रृंखलाको अन्तिम खेल अहिले भइरहेको छ । खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको छ । कीर्तिपुर मैदानमा भइरहेको तेस्रो खेलमा पनि नेपालले कमजोर ब्याटिङ शुरुआत गरेको छ । 

नेपालले १५ रन जोड्दा नै २ विकेट गुमाएर फितलो प्रदर्शन गरेको हो । तीन खेलको श्रृंखलामा यसअघिका दुवै खेल आयरल्याण्डले जितेको थियो । आयरल्याण्डले पहिलो खेल २१ रनले र दोस्रो खेल ४० रनले हारेको थियो । 

यो श्रृंखलापछि नेपाल ए ले अप्रिल ३, ५ र ७ मा एक दिवसीय श्रृंखला खेल्ने तालिका रहेको छ ।

नेपाल ए को प्लेइङ ११मा विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, आरिफ शेख, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री र कमल सिंह ऐरी ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ