arrow

भारतको चुनावका बेलामा चिनियाँ बखेडा, अरुणाचल प्रदेशका थप ३० स्थानको नयाँ नाम घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
china-flag.png
तस्बिर – फाइल ।

काठमाडौँ । चीनले भारतको लोकसभा चुनाव नजिकिदै गर्दा नयाँ नयाँ बखेडा झिकेको छ । चीनले भारतको अरुणाचल प्रदेशका केही स्थानलाई नयाँ नाम दिएको छ । यसको चौथो सूचीमा ३० स्थानका नयाँ नाम समावेश रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अरुणाचल प्रदेशमा आफ्नो दाबी बलियो बनाउन चीनले त्यहाँका ठाउँको नयाँ नाम जारी गर्दै आएको छ । यद्यपि भारतले उनीहरुलाई अस्वीकार गर्दै आएको छ । भारतले चीनको नयाँ नामले सत्य परिवर्तन नहुने र अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको बताएको छ ।

चीनको आधिकारिक पत्रिका ‘ग्लोबल टाइम्स’ को रिपोर्ट अनुसार चीनको नागरिक मामिला मन्त्रालयले जाङ्गन (चीनको अरुणाचल प्रदेशको नयाँ नाम)  मा ३० स्थानको नयाँ नाम जारी गरेको हो ।

रिपोर्टमा २०१७ मा चीनले अरुणाचल प्रदेशको नयाँ नामहरूको पहिलो सूची जारी गरेको थियो । जसमा ६ वटा नयाँ नाम समावेश भएका थिए । २०२१ मा १५ स्थानको नयाँ नाम दिइएको थियो । जहाँ २०२३ मा ११ नयाँ नामहरूको सूची जारी गरिएको थियो । 

हालै चीनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेश भ्रमणमा पनि आपत्ति जनाएको थियो । त्यहाँ प्रधानमन्त्रीले सेनासँग सम्बन्धित केही आयोजनाको उद्घाटन गरेका थिए ।

चीनले यस विषयमा आपत्ति जनाएपछि भारतले त्यसको जवाफ दिँदै अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको बताएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ