arrow

आरिफको शानदार ब्याटिङमा आयरल्याण्डलाई २१४ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
nepalat20.jpg

काठमाडौँ । नेपाल ए ले आयरल्याण्ड ए (वोल्भ्स) लाई टी–२० क्रिकेट श्रृंखलाको तेस्रो खेल जितका लागि २१४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको हो ।

नेपाल ए का लागि आरिफ सेखले सर्वाधिक ९३ रन बनाएका थिए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् । त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिएका थिए ।
   
यसअघिका दुवै खेल नेपालले गुमाएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ