arrow

आयरल्याण्डमाथि नेपालको रोमाञ्चक नतिजा, तीन रनले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
nepala-24-04-01.jpg

काठमाडौँ । टी–२० क्रिकेट श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए ले आयरल्याण्ड ए (वोल्भ्स) माथि रोमाञ्चक जित हासिल गरेको छ । कीर्तिपुर मैदानमा भएको खेलमा सोमबार नेपाल ३ रनले विजयी भएको हो । 

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएपछि खेल नेपाल ए ले ३ रनले जितेको हो ।

विपिन खत्रीले शुरुआतमै ३ विकेट लिए पनि आयरल्याण्डले निकै नै आकर्षक खेलेको थियो । तर अन्त्यमा हार बोहेर्नुपर्यो । 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।

नेपाल ए का लागि आरिफ सेखले सर्वाधिक ९३ रन बनाएका थिए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् । त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिएका थिए ।

योसँगै आयरल्याण्ड वोल्भ्सले टी–२० श्रृंखला २–१ ले जितेको छ । अब नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच तीन खेलको एक दिवसीय श्रृंखला हुनेछ । पहिलो खेल बुधबार हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ