arrow

सात जना सवार ट्रिपर सडकबाट पाँच सय मिटर तल खस्यो 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० चैत १९ सोमबार
tipper-accident-80-12-19.jpg

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्ला चौँरीदेउराली गाउँपालिका वडा नम्बर ६ बल्टारमा ट्रिपर दुर्घटना भएको छ । कात्तिके देउरालीबाट भिमपाइला जाँदै गरेको बाप्र ०२–००६ ख ५९०५ नम्बरको खाली ट्रिपर आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो ।

ट्रिपरमा सवार सात जनामध्ये चार जना घाइते भएका छन् । घाईतेहरुलाई धुसेनी शिवालय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । 

ट्रिपर चालक दोलखा जिल्ला तामोकोशी गाउँपालिका घर भएका ३० वर्षीय सिताराम खड्कालाई उपचारका लागि ट्रमा सेन्टर काडमाडौँ रेफर गरिएको छ ।

ट्रिपर सडकबाट ५०० मिटर तल खसेको र घाइतेहरुको सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ