- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्न लागेको हो ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आसन्न उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बैठक बस्न लागेको बताए ।
आगामी बैशाख १५ इलाम क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा र बझाङ १ क मा प्रदेश सभाको उपनिर्वाचन हुँदैछ ।
आगामी शनिबार उम्मेदवारको मनोनयन पत्रको दर्ता समय तोकिएकामा अहिलेसम्म कांग्रेसले उम्मेदवार तय गर्न सकेको छैन ।
अन्य दलका प्रस्तावित उम्मेदवारहरु चुनावी क्षेत्रमा भोट माग्दै घरघरमा गइरहँदा कांग्रेसका आकांक्षीहरु भने दलका नेताहरुको घरमै जान व्यस्त छन् ।
यसअघि सभापति देउवाले उम्मेदवारको चयनका लागि हिजो दिउँसो आफ्नै निवासमा पदाधिकारी र पूर्व पदाधिकारीलाई छलफलमा बोलाएका थिए ।
इलाम २ मा यसअघि एमालेले जितेको थियो भने बझाङ १ क मा कांग्रेसले जितेको थियो ।