arrow

बेंगलुरूको विजोग, लखनउ लाग्यो अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
ipl-2024-rcb-lsg.jpg

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट अन्तर्गत लखनउ सुपर जाइन्टले रोयल च्यालेन्जर्स बेंगलुरूलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लखनउले बेंगलुरूलाई २८ रनले पराजित गरेको हो ।

लखनउले दिएको १८२ रनको लक्ष्य पछ्याएको बेंगलुरूले १९.४ ओभरमा अलआउट हुँदै १५३ रन बनाएपछि खेल २८ रनले हारेको हो । यो आफ्नो घरेलु मैदानमा बैंगलुरुको लगातार दोस्रो हार हो ।

त्यस्तै पहिला ब्याटिङ गर्दै लखनउले २० ओभरमा ५ विकेट गुमाउदै १८१ रन बनाएको थियो ।

यो लखनउको यस सिजनमा तेस्रो खेलमा दोस्रो जित हो । बेंगलुरूले चौथो खेलमा एक जित र तेस्रो हार बेहोरेको छ ।

आईपीएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदैछ । खेल बेलुकी ७ः४५ बजे विशाखापट्नममा हुँदैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ