arrow

वहल्टारेश्वर मन्दिर निर्माणका लागि २३ लाख संकलन 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० चैत २१ बुधबार
yagya-dhulikhel-80-12-21.jpg


धुलिखेल । धुलिखेल ८ बडालगाउमा वहल्टारेश्वर मन्दिर निर्माण हेतुले संचालित श्रीमद्भगवत् धनधान्यान्चल महायज्ञ जारी छ । धुलिखेल–८, बढालगाउँ, क्षेत्रलाई धार्मिक, पर्यटकीय क्षेत्रको विकास, धार्मिक सद्गुणता, युवा पुस्ताहरूमा धर्म र सामाजिक कार्यको जागरुकताको निम्ति महायज्ञ आयोजना गरिएको हो । 

यज्ञबाट संकलित रकमबाट परापूर्वकालदेखि संरक्षण हुँदै आएको बल्दारेश्वर महादेव मन्दिरको थप निर्माण गर्ने र आध्यात्मिक केन्द्रको स्थापना गरिने मूल समारोह समितिका संयोजक जनचेतना युवा समूहका अध्यक्ष रमेशप्रसाद न्यौपानेले जानकारी दिए । 

स्वामी कमलगवनाबार्य महाराजले उद्घाटन गरेको यज्ञमा आचार्य श्री विष्णुहरि बडाल, आचार्य सुदर्शन वडालज्यूको प्रमुख वाचकत्व तथा पण्डित श्री रामहरि बहालश्यको उपवाचक रहेका छन । 

यज्ञमाा चैत्र २० गते सम्म २३ लाख ९ हजार ३२ रुपैयाँ संकलन भएको छ । यज्ञमा स्थानीय तिर्थ प्रसाद बडालको परिवारले ३ आना जग्गा उपलब्ध गराएका छन । 

यज्ञमा दैनिक सयौं सर्वसाधारणले सहभागिता जनाउँदै आएको प्रचार प्रसार संयोजक पवन गौतमले जानकारी दिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ