arrow

एसएमएस च्याम्पियनशिपमा नेपाल र गुजरात मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
nep-gujarat-24-04-03.jpg

काठमाडौँ । भारतको गुजरातस्थित भापीमा भइरहेको एसएमएस च्याम्पियनशिप कप २०२४ टी–२० क्रिकेट श्रृंखलाको तेस्रो खेलमा नेपालले गुजरात क्रिकेट एसोसिएसनसँग खेलिरहेको छ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै आक्रामक शुरुआत गरेको छ । 

कुशल भुर्तेल र आसिफ शेखले आकर्षक खेलिरहेका हुन् । यसअघि भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । 

मंगलबार भएको दोस्रो खेलमा नेपालले बरोडा क्रिकेट एसोसिएसनलाई २७ रनले पराजित गरेको थियो । 

लगातार दुई जित हासिल गरेको नेपालले आजको खेल जित्दा फाइनलमा स्थान सुरक्षित गर्नेछ । 

तीन टिमले आपसमा दुई खेल खेलेपछि शीर्ष दुईमा रहने टिमले उपाधिका लागि फाइनल खेल्नेछन् । 

नेपालको दोस्रो खेलको विवरण
नेपालले बरोडालाई १५७ रनको चुनौती दिएकामा बरोडाले सबै विकेट गुमाएर २० ओभरमा १२९ रनमात्र बनाउन सक्यो । बाबा खानले १८ बलमा २९ रन बनाए । 

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । अविनाश बोहरा र सोमपाल कामीले समान २ विकेट लिए । गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । 

यसअघि नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १५६ रन बनायो । 

नेपालका लागि कुशल मल्लले सर्वाधिक ४० रन बनाए । उनले २५ बलमा अविजित रहँदै ४० रन बनाएका हुन् । 

सन्दीप जोराले १६ बलमा २९, अनिलकुमार साहले २७ बलमा २५, कप्तान रोहित पौडेलले १३ बलमा १६ रन बनाए । गुल्सन झाले १४ बलमा १३ तथा कुशल भुर्तेल र आसिफ शेखले समान ९–९ रन बनाए । 

बाबा खानले सर्वाधिक २ विकेट लिए । 

नेपालको पहिलो खेल 
पहिलो खेलमा नेपालले शानदार शुरुआत गरेको थियो । नेपालले गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेको थियो । 

९९ रनको झिनो चुनौती नेपालले १५.२ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कप्तान रोहित शर्माले अविजित रहँदै ३३ रन बनाए । 

अनिल साहले अविजित रहँदै ३२ रन बनाए । तेस्रो विकेटका लागि अविजित ६५ रनको साझेदारी भएको थियो । 

कुशल भुर्तेलले १७ तथा आसिफ शेखले १६ रन बनाए । 

यसअघि नेपालले टस जितेर पहिले बलिङ गर्दै उत्कृष्ट प्रदर्शन गर्यो । नेपालले गुजरातलाई ९८ रनमै रोक्यो । गुजरात १८.२ ओभरमा अलआउट हुँदै ९८ रनमा रोकियो । रुद्र पटेलले सर्वाधिक २३ रन बनाए । 

मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा भएको खेलमा नेपालका लागि गुल्सन झाले ४, किरण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिए । 

नेपाली राष्ट्रिय टिम, गुजरात र बरोडाबीच त्रिकोणात्मक श्रृंखला भइरहेको हो । दोहोरो राउन्ड रबिनको आधारमा भइरहेको प्रतियोगिताका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । 

नेपालले चैत २१ मा गुजरातसँग खेल्नेछ । त्यस्तै श्रृंखलाको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ गते हुनेछ । 

नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप यो श्रृंखला खेलिरहेको हो । 

नेपालले आगामी जुनमा अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा हुने विश्वकप टी–२० तयारीका लागि भारतीय स्थानीय टिमहरुसँग यो च्याम्पियनशिप खेलिरहेको हो । 

नेपालले पहिलो पटक भारतसँग एसिया कप खेलेसँगै नेपाली टिमको उत्साह देखेसँगै भारतले नेपाली क्रिकेटलाई सघाउने वचन दिएको थियो । सो अनुसार पहिलो पटक नेपालले भारतमा अभ्यास गर्न पाएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ