arrow

टिसीएलको नयाँ वर्ष विशेष “दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल” योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
cg-tcl-new-year-2081.jpg

काठमाडौँ। चर्चित होम अप्लाएन्स ब्रान्ड टिसीएलले यसपालिको नयाँ वर्ष लक्षित गर्दै टिसीएलको "दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल" नामक योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले टिसीएलका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकहरूले यो योजनाको लाभ चैत्र २३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि रहेका सिजिका विक्रेताबाट उठाउन सक्नेछन्।

यस कमालको अफरमा ग्राहकहरूले कुनै पनि टिसीएलको सामानको खरिदमा रु १,६३,३००  सम्मको बचत र अन्य आकर्षक उपहारहरू पाउन सक्ने छन्।

यसका साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। साथै, पुराना भएका सामाग्री फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि समेत कम्पनीले यस योजनाको दौरान एक्सचेन्ज अफरको सुविधा समेत ल्याएको छ।

यति मात्र नभई, नयाँ वर्षको अवसरमा सामान खरिद गर्ने ग्राहकहरूले "सिजि लोयल्टी क्लब"को रिवार्ड प्रोग्राम अन्तर्गत आकर्षक छुट तथा उपहारहरू प्राप्त गर्न सक्नेछन्।

नेपाल अधिराज्यभर टिसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत इओएल प्रालि रहेको छ। सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौँ भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धरा, जोरपाटी  र काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।

टिसीएलको बारेमा:
टिसीएल उपभोक्ता इलेक्ट्रोनिक्स र अप्लाएन्सेसको दुनियामा एक विश्वभर चर्चित ब्रान्ड हो जसले नयाँ, आधुनिक र अभिनव आविष्कारहरू गर्दै धेरैको विश्वास जित्दै आएको छ। गुणस्तरीय र अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ, टिसीएलले इलेक्ट्रोनिक्स र होम अप्लाएन्सेस अनुभवलाई पुनः परिभाषित गर्न जारी राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ