arrow

शिवकाे प्रिय दिनमा राशिफल कस्ताे हाेला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग

मिति २०८० चैत २६ गते सोमबार, इस्वीसंवत अप्रिल ८ तारिक सन् २०२४, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको अमावश्य तिथि रातिमा १२ः२७ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ । नक्षत्रमा उत्तरभाद्रपदा बिहानमा १०ः१२ मिनेटसम्म त्यसपछि रेवति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ऐन्द्र ३२ घटि ३६ पलासम्म त्यसपछि वैधृति योग लाग्नेछ । करणमा चतुष्पद अहोरात्र रहनेछ । आनन्दादि योगमा गद रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान ३१ घटि ३० पला अर्थात १२ घण्टा ३८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४९ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः२४ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ०५ः५६ बजे र अस्ताउने समय साँझ ६ः०४ बजे रहेको छ । आज घोडेजात्रा र सोमबारे औंसी परेको छ ।

आजको राशिफल

मेष : आज भने समय शुभ छ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईस्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । ढिलो गरी प्रारम्भ भए पनि पनि प्रतिष्ठित काम गर्ने मौका छ ।

वृष : आज पनि समय शुभ छ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

मिथुन : आज पनि समय शुभ छ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कर्कट : आज पनि समय खराब छ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्नेछ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अरूको करकापमा परेर इच्छा विपरीत काम गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने वा आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । आज अनावश्यक खर्च बढ्न सक्छ, आर्थिक कारोबार गर्दा विचार गर्नुहोला ।

सिंह : आज पनि समय राम्रो रहनेछ । सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

कन्या : आज पनि समय राम्रो छैन । विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल पनि प्रभावित हुन सक्छ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न समय लाग्नेछ । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र आफ्ना काम पूरा नहुन सक्छन् । तापनि अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ । छर–छिमेकमा केही असमझदारी बढ्न सक्हुनछ । सतर्क हुनुहोला ।

तुला : आज पनि समय राम्रो छैन । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला । बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन् । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । दोहोर्याएर प्रयत्न गर्दा भने काम बन्न सक्नेछ ।

वृश्चिक : आज पनि समय राम्रो छैन । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला । बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन् । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । दोहोर्याएर प्रयत्न गर्दा भने काम बन्न सक्नेछ ।

धनु : आज पनि समय मध्यम खालको रहनेछ । धेरै श्रम परे पनि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । आज स्थायीभन्दा अस्थायी पेशाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छ । भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ने अवस्था आउन सक्छ । लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ ।

मकर : आज पनि समय भरपर्दोे रहनेछैन । लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला । सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । हडबडीले घर व्यवहारमा समस्या निम्त्याउनेछ । तापनि, प्रेम र मित्रताको बन्धन कसिने समय छ ।

कुम्भ : आज पनि समय र स्वास्थ्य राम्रो रहनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, कर्तव्यपरायण रहनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइएलाख । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ ।

मीन : आज पनि समय राम्रा छैनन । आम्दानीका स्रोत सबल देखिए पनि काममा खर्च बढ्नेछ । नपुग रकम कर्जामार्फत जुटाउनुपर्ला । श्रमको उचित मूल्यांकन भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । व्यापार बढे पनि लाभांश कमजोर हुने देखिन्छ । विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला । आँटेको काममा अरूको मुख ताक्नाले सोचेको प्रतिफल हातलागी नहुन सक्छ ।

साइत : सूर्य मीन राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः४६ बजेदेखि     ७ः२१ बजेसम्म   उद्धेग बेला
बिहान ७ः२१ बजेदेखि    ८ः५६ बजेसम्म    चर बेला
बिहान ०८ः५६ बजेदेखि    १०ः३० बजेसम्म   लाभ बेला
बिहान १०ः३० बजेदेखि    १२ः०५ बजेसम्म  अमृत बेला
मध्यान्ह १२ः०५ बजेदेखि    १ः४० बजेसम्म   काल बेला
दिनमा १ः४० बजेदेखि    ३ः१५ बजेसम्म     शुभ बेला
दिनमा ३ः१५ बजेदेखि    ४ः५० बजेसम्म     रोग बेला
दिनमा ४ः५० बजेदेखि    ६ः२४ बजेसम्म     उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः२४ बजेदेखि    ७ः४९ बजेसम्म   चर बेला
साँझ ७ः४९ बजेदेखि    ९ः१५ बजेसम्म    लाभ बेला
राति ९ः१५ बजेदेखि    १०ः४० बजेसम्म    अमृत बेला
राति १०ः४० बजेदेखि    १२ः०५ बजेसम्म   काल बेला
राति १२ः०५ बजेदेखि    १ः३० बजेसम्म    शुभ बेला
राति १ः३० बजेदेखि     २ः५५ बजेसम्म    रोग बेला
रातिमा २ः५५ बजेदेखि   ४ः२० बजेसम्म   उद्धेग बेला
बिहानमा ४ः२० बजेदेखि   ५ः४५ बजेसम्म  चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ