arrow

राजेन्द्र महतोको आरोप- कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे [भिडियो]

जनतालाई अब ठग्ने दिन गए

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
rajendra-mahato-12-25.jpg

काठमाडौँ ।  कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप राजेन्द्र महतोले लगाएका छन् । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन् । 

उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताए । उनले नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिने दाबी गरे । 

उनले नेपालीहरूको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताए । उनले क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइरहेको भन्दै अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको बताए ।

उनले भने, ‘कम्युनिष्टहरुले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे । धर्म मेटाइदिने काम गरे । सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने । सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो । नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिन्छन् । हाम्रा सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक पटक जुन आक्रमण प्रचण्डदेखि केपी ओलीसम्मले गरेका छन् । यिनीहरूको पतन हुन्छ । क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइसक्यो । नेपाली जनतालाई अब ठग्ने दिन गए ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ