arrow

क्रम्पटनको नयाँ वर्ष २०८१ योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
cg-impex-crompton.jpg

काठमाडौँ। छिमेकी राष्ट्र भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रम्पटनले यस पालिको नयाँ वर्ष २०८१ लक्षित गर्दै क्रम्पटनको “नयाँ वर्षे जात्रा, उपहारसँग थाइल्यान्डको यात्रा“ नामक योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले क्रम्पटनका विभिन्न होम एप्लाएन्सको खरिदमा लक्की ड्र मार्फत विशेष उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकहरूले यो योजनाको लाभ चैत्र २३, २०८० गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरी रहेको क्रम्पटनका अधिकृत विक्रेताकहाँ गई उठाउन सक्नेछन्।

यस योजनाको अवधि भरी लक्की ड्र मार्फत हरेक साता एक ग्राहकलाई क्रम्पटनको सिलिङ फ्यान उपहार, हरेक महिना एक भाग्यशाली ग्राहकलाई माइडिया को साईड बाई साईड रेफ्रीजिरेटर साथै बम्पर उपहार स्वरूप एक जोडी थाईलान्डं जाने मौका प्रदान गरिनेछ। लक्की ड्रमा सहभागिता जनाउनको लागि क्रम्पटन (स्पेस) ग्राहकको नाम (स्पेस) ठेगाना (स्पेस) वारेन्टी कार्ड नम्बर टाइप गरी ३१००३ मा एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ।

नेपालको लागि क्रम्पटन ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सिजी इम्पेक्स रहेको छ। सिजी इम्पेक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा अधिराज्य भरी फैलिएको डिलर नेटवर्क मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। 

क्रम्पटन ब्रान्डको नेपालमा एयर कुलर, सिलिङ फ्यान, स्ट्यान्ड फ्यान, वाल फ्यान, एक्सहस्ट फ्यान, वाटर हिटर, इलेक्ट्रिक गिजर, रुम हिटर, मिक्स्चर ग्राइन्डर, इन्डक्सन कुकर र आइरन बजार मा सर्वत्र पाइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ