arrow

तीन जनालाई पछि पार्दै आचार्य बने एमाले ललितपुरको अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
uml-flag.png

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित भएका छन् । 

सोमबार भएको निर्वाचनमा आचार्य दुई सय २९ मत प्राप्त गरी जिल्ला अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त पुरुषोत्तम ढुङ्गानाले जानकारी गराए । 

निर्वाचन आयुक्त ढुङ्गानाका अनुसार अध्यक्षका प्रत्यासी चेतनाथ सञ्जेलले एक सय ५४, दिनेश कार्कीले ८१ र सुवर्ण श्रेष्ठले नौ मत प्राप्त गरेका छन् ।

यही चैत २३ गतेदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनका विषयमा सहमति नभएपछि सोमबार निर्वाचन भएको हो ।

त्यस्तै पदाधिकारीतर्फ उपाध्यक्षमा मञ्जली शाक्य, सचिवमा राम राउत र उपसचिवमा प्रभाकर थापा तथा आशा राई निर्वाचित भएका छन् । 

उपाध्यक्षमा शाक्यले एक सय ७३ मत प्राप्त गर्दा प्रतिस्पर्धात्मक हरिगोविन्द श्रेष्ठले एक सय १५ मत प्राप्त गरे । 

शाक्य ललितपुर महानगरपालिकाको उपप्रमुख हुन् भने श्रेष्ठ महालक्ष्मी नगरपालिकाको प्रमुख हुन् ।

सचिवमा राउतले एक सय ७९ मत ल्याएर विजयी हुँदा उनका प्रत्यासी रत्न महर्जनले एक सय १२ मत प्राप्त गरे । 

उपसचिव खुलामा प्रभाकर थापाले एक सय ५४ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रत्यासी श्याम बजगाईले ९९ मत पाउएको निर्वाचन आयुक्त ढुङ्गानाले जानकारी दिए ।

उपसचिव महिलामा आशा राई एक सय ४२ मत प्राप्त गरी विजयी भइन् भने प्रत्यासी सङ्गीता अच्छामीले एक सय ४० मत प्राप्त गरे । 

निर्वाचनमा कूल चार सय ७८ मतदातामध्ये चार सय ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ । 



नयाँ