arrow

राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी दर्ता [भिडियो]

सभाको गरिमा बढाउने उम्मेदवारहरूको प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
uapadhaykshaya-upper-house-canidet.jpg

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षका लागि नेपाली कांग्रेस र नेकपा एमालेबाट उम्मेदवारी दर्ता भएको छ । 

मंगलवार संसद भवनमा नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी र नेकपा एमालेबाट विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् । 

पुडासैनीको प्रस्तावकमा प्रस्तावक दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् भने घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने, सार्थक नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामी छन् । 

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसकी नेतृ विष्णुदेवी पुडासैनीले राष्ट्रिय सभालाई गरिमामय बनाउन आफूले काम गर्ने बताइन् । उनले राष्ट्रिय सभामा भाषण भन्दा बढी काम गर्नुपर्ने बताइन् । 

उनले आफूसँग स्थानीय तहमा अध्यक्ष भएर काम गरेको पुरानो अनुभव रहेको बताउँदै महिलाहरूको क्षेत्रमा पनि लामो समयसम्म काम गरेको अनुभवलाई मिलाएर उपाध्यक्षमा जितेपछि सोहीअनुसार काम गर्ने प्रतिबद्धता जनाइन् । 

उनले राष्ट्रिय सभा कर्मकाण्डी बन्ने नभई आफूले सभाको गरिमा बनाउनेतर्फ बाम गर्ने बताइन् । उनले सभामा जनताको मन छुने आवाज उठाउनुपर्ने बताउँदै सबैले आफूलाई निर्वाचित गर्नेमा विश्वस्त रहेको बताइन् ।

उनले भनिन्, ‘राष्ट्रिय सभालाई गरिमामय बनाउनुपर्छ भन्ने पहिलादेखिको धारणा थियो । उम्मेदवार हुन पाउनुमा मलाई खुशी पनि लागेको छ । भाषण भन्दा काम गर्नुपर्छ भन्ने पक्षको हो म । २०४९ को गाविस अध्यक्ष भएर पनि मैले काम गरिसकेको छु, मसँग अनुभव पनि छ । महिलाहरूको क्षेत्रमा पनि लामो समयसम्म काम गरेको छु । राष्ट्रिय सभाको गरिमा बढाउने काममा लाग्नेछु । कर्मकाण्डी बन्नु हुँदैन भन्ने पक्षमा छ । जनताको मन छुने आवाज उठाउनुपर्छ भन्ने पक्षमा छु । सबैले मलाई भोट दिनुहुन्छ, म नै जित्छु ।’

उपाध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमाले नेतृ विमला घिमिरेले राष्ट्रिय सभालाई एउटा मर्यादित सभा बनाउने गरी काम गर्ने बताइन् । उनले राष्ट्रिय सभा अझ गरिमायुक्त बनाउन सबैसँग सहकार्य गरी अघि बढ्ने बताइन् ।

उनले भनिन्, ‘सबै सांसदज्युहरुलाई मेरो उम्मेदवारी छ, सबैले मतदान गरेर मलाई निर्वाचित गराउन आग्रह गर्दछु । राष्ट्रिय सभामा अध्यक्ष,उपाध्यक्षले नै सरकारले मिलेर काम गर्ने कुरा हो । राष्ट्रिय सभालाई एउटा मर्यादित सभा बनाउँदै आएका छौँ । अझै माथि लैजान सबैसँग सहकार्य गरेर अघि बढ्नेछाँै । राष्ट्रिय सभालाई मर्यादित सभा र त्यसबाट विधेयकबाट पास गर्न छिटो छरितो बनाउने कुरामा सहयोग हुनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ