arrow

थाँती राखेर संसद चल्न नदिने पक्षमा कांग्रेस

शशांक कोइरालाले मागे गृहमन्त्री लामिछानेको राजीनामा [भिडियो]

जबसम्म उहाँ आरोपित हुनुहुन्छ, पदभार सम्हाल्न नैतिकताले दिँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
sasank-11-19.jpg

काठमाडौँ । नेपाली कांगेसका नेता डा. शशांक कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा उनले सहकारीको ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री लामिछानेले नैतिकताको आधारमा पनि सो पदमा बस्ने नमिल्ने टिप्पणी गरेका हुन् । आफूमाथि लागेको आरोपको छानबिनबाट स्पष्टीकरण पाए उनी फेरि मन्त्री बन्न सक्ने नेता कोइरालाको भनाई थियो । 

उनले २०४६ सालपछिको सबै घोटाला काण्डको छानबिन गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको मागप्रति पनि आफूहरूको कुनै आपत्ति नरहेको बताए । नेता कोइरालाले संसदमा उच्चस्तरीय छानबिन समिति बनाएर विगतमा भएका सबै घोटालाहरूको छानबिन गर्न उपयुक्त हुन्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।

उनले भने, ‘हामीले पनि त्यही भन्यौ कि एउटा उच्चस्तरीय पार्लियामेन्टरी कमिटी बनाउनु पर्छ । त्यो समितिले अरू कुराहरू पनि हेरिहाल्छ नि । होइन र ? एउटा समिति बनाएपछि त विभिन्न किसिमका कुराहरू आउँछ । अरू इस्युहरु पनि आइहाल्छ नि । त्यसमा हाम्रो केही आपत्ति छैन । गृहमन्त्रीबारे आरोप होइन, त्यो सत्य कुरा हो नि । उसको माथि जुन आरोप छ । त्यसमा छानबिन हुनुपर्‍यो । उहाँले पदबाट राजीनामा गर्नुपर्‍यो । उहाँको पदबाट राजीनामा भयो भने स्पष्टीकरण पाएपछि त उहाँले फेरी मन्त्री बन्न सकिहाल्नु हुन्छ नि । जबसम्म उहाँ आरोपित हुनुहुन्छ, उहाँले त्यो पदभार सम्हाल्न नैतिकताले दिँदैन । ।’

नेता कोइरालाले कांग्रेस कुनै पनि घोटाला प्रकरणलाई थाँती राखेर संसद चल्न दिने पक्षमा नरहेको बताए । 



नयाँ