arrow

ब्ल्याक+डेकरका सामान खरिदमा हरेक हप्ता उपहार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
cg-black-decker-smart.jpg

काठमाडौँ। घरायसी उपकरणमा अमेरिकाको नम्बर १ ब्रान्ड ब्ल्याक+डेकरले आफ्नो ग्राहकहरूको लागि नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै "नयाँ खुसी, नयाँ उत्सव" नामक योजना अघि सारेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले ब्ल्याक+डेकरका साना घरायसी उपकरणको खरिद गर्दा हरेक हप्ता उपहार जित्न सक्नु हुनेछ।

ब्ल्याक+डेकरको कुनै पनि उपकरणको खरिदमा हरेक हप्ता एक जना भाग्यशाली विजेताले ब्ल्याक+डेकरको उच्च गुणस्तरको फुड स्टिमर जित्न सक्ने छन्। यस योजनामा सहभागी हुन ग्राहकहरूले विज्ञापनमा दिइएको क्युआर कोड स्क्यान गरी फर्ममा आफ्नो विवरण र खरिद गरिएको उपकरणको वारेन्टी कार्ड नम्बर भर्नुपर्नेछ। साप्ताहिक लक्की ड्र मार्फत उपहार जित्न सक्नुहुनेछ।

यसका साथसाथै ब्ल्याक+डेकरका उपकरणहरूको तीस हजार माथिको खरिदमा शून्य प्रतिशत ब्याजदरमा ईएमआइ र ब्ल्याक+डेकर लोयल्टी क्लब रिवार्ड प्रोग्राम पनि उपलब्ध छ।

यो योजना चैत्र २७ गते देखी नेपाल अधिराज्य भरी सीमित अवधि को लागि लागू गरिएको छ। नेपाल अधिराज्यभर ब्ल्याक+डेकर ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेकट्रोनिक्स रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ