arrow

केन्ट आरओको नयाँ वर्ष २०८१ को अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
cg-kent-ro-new-year.jpg

काठमाडौँ। ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेकट्रोनिक्स अन्तर्गतको संस्थाले यस पालीको नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ। भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकहरूले असाध्यै रुचाएको केन्ट आरओले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै “नयाँ वर्ष नयाँ सन्तुष्टिको साथ” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा इलेक्ट्रिक केटल पाउने छन्। यो ग्राहक योजना चैत्र २३, २०८० देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ।

आज सफा पिउने पानी आवश्यकता बनेको छ। प्रत्येक वर्ष लाखौँ मानिसहरू पानीजन्य रोगहरूले सङ्क्रमित हुन्छन् र हजारौँले आफ्नो ज्यान गुमाउँछन्। तपाईँले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ। साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ। 

पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ। यसैले, केन्ट आरओबाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्त्वपूर्ण आवश्यकता भएको छ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्। केन्ट ब्राण्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू-डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ