- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भक्तपुर । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक बिष्का जात्रा चलिरहेको छ । मंगलबारबाट भक्तपुरमा जात्रा शुरु भएको हो ।
मंगलबार बिहानैदेखि तौमढीस्थित भैरवको रथमा पूजा गर्नेको भीड रहेको छ । मंगलबार पूजा गरिएपछि रथ तानिएको थियो । मंगलबार रथ तानेर गहिटी लगिएको छ ।
पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा शुरु भएको हो ।
भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा शुरु भएको हो ।