arrow

इदउलफित्रको सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत बुधबार पूरा गर्दै ‘इद–उल–फित्र’ बिहीबार मनाउने भएपछि सो दिन सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।

यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ