arrow

कान्तिपुरका फोटो सम्पादक तिमिल्सेनालाई जोखिमपूर्ण फोटो पत्रकारिता अवार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २९ बिहिबार
award-pct-national-id.jpg

काठमाडौँ। जोखिमपूर्ण फोटो पत्रकारिता अवार्ड प्रकाश चन्द्र  तिमिल्सेना, उकालो अनलाइनकी दिपा दाहाललाई जोखिमपूर्ण पत्रकारिता अवार्ड, खवरहवका प्रधान सम्पादक अरुण बराललाई डिजिटल मिडिया एडिटर अवार्ड, प्राइम टाइम टिभीका अध्यक्ष तथा जनता जान्न चाहन्छन् कार्यक्रमका प्रस्तोता ऋषि धमलालाई डिजिटल मिडिया पपुलर प्रोग्राम अवार्ड, सिधा कुरा जनतासँगका प्रस्तोता वीरेन्द्र जैरुलाई जनआवाज डिजिटल मिडिया अवार्ड, राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८० अन्तर्गत उहाँलाई मुख्य अवार्ड प्रदान गरिएको हो।

नागरिक दैनिकमा आर्थिक ब्युरो प्रमुख दिलीप पौडेललाई सशक्त पत्रकारिता अवार्ड,रजतपट टिभी कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीलाई वरिष्ठ रङ्ग पत्रकारिता अवार्ड, खोज पत्रकारिता अवार्ड युवराज कँडेल सम्पादक, सिधा कुरा अनलाइन,अनुप भट्टराई,चलचित्र पत्रकारिता अवाड,चर्चित डिजिटल मिडिया अवाड कमल सर्गम समय टिभीलाई डिजिटल मिडिया इन्नोभेटिभ अवार्ड, चुरोकुरो अनलाइन टिभीका उमेश सुवेदीलाई डिजिटल मिडिया इथिकल अवार्ड, योहो टिभीका सन्तोष विके थापालाई डिजिटल मिडिया स्कृप्ट अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा डिजिटल मिडियामा राम्रा काम गर्ने कुल २५ सञ्चारकर्मी र केही समाजसेवीहरूलाई पनि सम्मान गरिएको थियो। आयोजक संस्थाका अध्यक्ष  मिलनसिंह परियारसहित प्रतिनिधि सभाकी उपसभामुख इन्दीरा राना, सांसद डा. चन्द्र भण्डारी, अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारी लगायतले अवार्ड प्रदान गर्नु भएको थियो। सो अवसरमा  वरिष्ठ पत्रकार भैरव रिसाललाई लाईफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ